रत्ननगर-
रत्ननगर नगरपालिकाका वडा ११, १२ र १५ ले राजस्वमा लापार्वाही गरेको स्थानीयहरुले गुनासो गरेका छन् । वडालाई नगरपालिकाले सोहि दिन वा भोलीपल्ट राजस्व संकलन गराउन पटक पटक पत्राचार गरे पनि दाखीला नगरेको जनाएको छ ।

नगरपालिकाले पौष २४ गते आन्तरिक राजस्व रकम जम्मा गर्न ३ वटै वडाका सचिवहरुलाई पत्राचार गरेको थियो । नगरपालिकाले समयमा नै विवरण उपलब्ध नभएकोमा गम्भिर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
वडा नम्बर १५ मा ४ वटा भजन समूह रहेको तर एउटा समूहलाई मात्र ज्याकेट वितरण गरेकोमा नगरपालिका देखि वडासम्मको विरोध स्थानीयले जनाएका थिए ।
वडा १५ ले जनताबाट उठाएको कर नगरपालिकामा नबुझाएको र ११ लाख हिनामिना गरेको दिल बहादुर बुढाथोकिले सामाजिक संञ्जालमा लेखेका छन् ।
रत्ननगरका केही वडा भन्दा अधिकांस वडामा बाटोहरु खाल्टो परे पनि वडा अध्यक्षहरुले ध्यान दिएका छैनन् । निर्बाचनमा भएको खर्चलाई कहाँ कसरी उकास्ने भन्ने तर्फ वडा सचिवहरुसंग कुरा गर्ने गरेको वडावासीहरुले सुन्ने गरेको बताएका छन् ।