दुबई-
दुबईमा प्रवासी नेपाली एकता समाजले पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । समाजले शुक्रबार दुबईको काठमाण्डौं प्यालेस रेष्टुरेण्टमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायि, बुद्धिजिवी, संचारकर्मी लगायतको उपस्थितिमा जन्मजयन्ती मनाएको हो ।
बैष्णम परिषद युएइका सम्पत कुमार न्यौपाने तथा प्रदिप दाहालले स्वस्तिक वाचन गरि पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण तथा द्धीप प्रज्वलन गरिएको थियो ।
प्रवासी नेपाली एकता समाजका अध्यक्ष निराजन खत्रीले तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेको बताए ।
कार्यक्रममा कमल प्रसाद गौतमले उपस्थिति सबैलाई स्वागत मन्तव्य राखेका थिए । राम प्रसाद ढकालले संञ्चालन गरेका कार्यक्रममा प्रमुख अतिथि तोयानाथ लम्साल, एनआरएनएका प्रतिनिधि, बेद प्रसाद अर्याल, मधुकर बेलवासे, चिना श्रेष्ठ, सरिता पाण्डे लगायतले शाहको नेपाल एकीकरणको बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा जेएमसि भिषा सर्भिसेसका करण सेन ठकुरीले शुभकामना मन्तव्य राख्दै दुबई र सारजाहमा भिषा अवधि सकिएका एक जनालाई हरेक महिना कागजपत्र बनाई निशुल्क नेपाल फकाई रहेको जानकारी दिए । यसको लागि त्यस्ता व्यक्तिले निवेदन सहित आप्mनो नाम टिपाउनु पर्ने बताए । ठकुरी, विजय श्रेष्ठ र फाल्गुणि पौडेलले संञ्चालनमा ल्याएका यस कम्पनि दुबईको सरफ डिजेमा रहेको जानकारी दिए ।
कार्यक्रममा विभिन्न राजनिति भातृ संगठनका प्रतिनिधि तथा सामाजिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।