आज मितिः २०८३ बैशाख ८ गते

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं-

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिनेछ।

साथै पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका थिए।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए।

उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशास प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन्। भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए।

उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.