आज मितिः २०८३ भाद्र २९ गते

समाचार

कञ्चनपुरमा कुकुरले चार लाखको कुखुरा मार्याे

कञ्चनपुरमा कुकुरले चार लाखको कुखुरा मार्याे

कञ्चनपुर- कञ्चनपुरमा आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेको छ । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो। सय बढी कुखुरा घाइते छन्। “बैंकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका उनले पालेकि हन् । फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उनले बताइन्। वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ। नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीयले बताए। “पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो…
Read More
स्वयम्भूमा तीन जनाको शव फेला

स्वयम्भूमा तीन जनाको शव फेला

काठमाडौं, काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आज बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो। ‘तीन जनाको शव फेला परेको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ,’ उनले भने, ‘कस्तो अवस्थामा थियो भन्ने पछि आउला।’ शव घरभित्र फेला परेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेको छ।        
Read More
बाल सुधार गृहमा झडप हुँदा ३ जना घाइते

बाल सुधार गृहमा झडप हुँदा ३ जना घाइते

पोखरा- पोखरामा रहेको एक बाल सुधार गृहमा झडप हुँदा तीनजना घाइते भएका छन् । पोखरा महानगरपालिका(१८ ग्यारजातीमा रहेको बाल सुधार केनद्रमा झडप भएको हो ।   खाना खान लाइन बस्ने क्रममा झडप भएको र बागलुङ, स्याङ्जा र म्याग्दीका ३ युवा घाइते भएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्य रानाले जानकारी दिए । उनीहरूमध्ये २ जनाको टाउकोमा चोट लागेको छ ।   ‘उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । अनुसन्धान भइरहेको छ । अन्य कारण केही खुलेको छैन,’ रानाले भने ।  
Read More
चितवनको खैरहनीमा एक युवकको हत्या

चितवनको खैरहनीमा एक युवकको हत्या

चितवन- चितवनको खैरहनी नगरपालिकामा २ चैनपुरमा एक जना युवकको हत्या भएको छ । मंगलबार करिब ७ बजे निर्माणधिन अवस्थामा रहेको हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थलबाट मृतकको घर ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।  
Read More
कांग्रेस महासमिति बैठक आजदेखि

कांग्रेस महासमिति बैठक आजदेखि

काठमाडौं- नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ। विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य राजधानी आइपुगेका छन्। ललितपुरको गोदावरीस्थित सन्राईज हलमा आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता। भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ। महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य…
Read More
फर्निचरमा आगलागी, १० लाखको क्षति

फर्निचरमा आगलागी, १० लाखको क्षति

काठमाडौँ - काठमाडौँको जडीबुटी स्थित एक फर्निचरमा आगलागीहुदाँ करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रवार साँझ अमृत शाहीको स्टोरमा आगलागी भएको हो । चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम खाजा घर एण्ड रेस्टुरेन्ट’ बन्द गरेर शाहीले फर्निचर स्टोर राखेको प्रहरी वृत्त नयाँ बानेश्वरका एजकना अधिकृतले बताए । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन ।  
Read More
रोल्पामा ट्याक्टरबाट लडेर बालकको मृत्यु

रोल्पामा ट्याक्टरबाट लडेर बालकको मृत्यु

दाङ- रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार रोल्पामा लु्ङ्ग्री गाउँपालिका – ३ धनेखर्कबाट वडा नं. २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा लुङ्ग्री गाउँपालिका – २ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो।   गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका सन्दीपको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरबाट थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए। उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो।      
Read More
बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवल- बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन्। यो सहकारीका संस्थापक अध्यक्ष जिबी राई हुन्। उनी २०७८ सालसम्म अध्यक्ष थिए। रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको…
Read More
बेलायतमा नेपाली “नटवरलाल” गोर्खाले ठगे विद्यार्थीको हजारौँ पाउण्ड

बेलायतमा नेपाली “नटवरलाल” गोर्खाले ठगे विद्यार्थीको हजारौँ पाउण्ड

लण्डन । बेलायत आउनुअघि शैक्षिक कन्सल्टेन्सीको ठगी त छँदै थियो, यहाँ आइसकेपछि पनि नेपाली विद्यार्थी ठगिने क्रम रोकिएको छैन । एगंलिया रस्किन युनिभर्सिटी, क्याम्ब्रीजमा ह्युमन रिसोर्स म्यानेजमेन्ट कोर्समा मास्टर्स गरिरहेकी जयसवाल थरकी विद्यार्थी सयौँमध्ये एक पीडित हुन् । उनले ब्रिटिस आर्मीमा कार्यरत २७ वर्षीय विशाल राईलाई सामाजिक सञ्जालमा भेटिन् जसले नेपालको बैङ्कमा पैसा डिपोजिट गरिदिए यूकेमा पाउण्ड दिने विज्ञापन गरिरहेको थियो । ती विद्यार्थीले विश्वास गरेर यूनीको अर्जेन्ट फि तिर्न विशाललाई सम्पर्क गरिन् । उसले भने अनुसार नेपालमा दुई लाख रुपैयाँ पनि डिपोजिट गर्न लगाइन् । नेपालमा पैसा हालेपछि यता पाउण्ड माग्दा विशालले आलटाल गर्न थाल्यो । २(४ दिन छैन,…
Read More
डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

काठमाडौँ ।- क्रान्तिकारी युवा संगठन नेपालले उद्योग विकास संस्थान ९डीडीसी० का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो दलेका छन् । शुक्रवार क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कार्यकक्षमै कालोमोसो दलेको हो । झाले डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त गरेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.