रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत “भैलिराम” सार्वजनिक
२ कार्तिक, रत्ननगर । कृष्ण प्रसाद देवकोटा । अहिले तिहारको रौनकले गाउँ शहर झिलिमिली भएको छ । यहि पर्वलाई लक्षित गर्दै चितवनकी गायिका रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत "भैलिराम" सार्वजनिक गरिएको छ । गीतमा तिहार अन्तर्गत ५ दिन सम्म मनाईने काग तिहार, कुकुर तिहार, लक्ष्मीपुजा, गाई तिहार, गोबर्द्धन पुजा तथा भाईटिकाको महत्वलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । ऋषि तिवारीको मनमोहक शव्दलाई चितवनमा रहेर विगत २ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान गरिरहेका किशोर तिवारीले संगीत भरेका छन् भने संगीत संयोजन समेत किशोरको नै रहेको छ । ए टु स्टुडियो चितवनमा रेकर्ड गरिएको गीतको भिडियोले विशेष महिलावर्गले गाईने भैलो संस्कृतिलाई संरक्षण…