सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली
निरु अधिकारी /चितवन,९ साउन २०८१ सौर्य एयरलाइन्सको विमान दुर्घटनाले उद्दार परिवारलाइ स्तब्ध बनाएको छ । दुर्घटनामा ज्यान गुमाउनु भएका सौर्य एयरमा कार्यरत (१८ जना) प्राविधिकहरू सहित चालक दलका सदस्य सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै परिवारजनमा समवेदना प्रकट गर्दछौ। घाइते हुनुभएका पाइलट एम.आर. शाक्यको शीघ्र स्वास्थलाभको कामना । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शाक्य झन्डै २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक…