आज मितिः २०८२ असार २५ गते

रत्ननगरमा १ करोड ५० लाखको लगानीमा कृषी मार्ट संचालन

रत्ननगर, १४ कार्तिक ।

रत्ननगरको टाँडी बजारमा १ करोड ५० लाखको लगानीमा जन जागृति सहकारी संस्था लि ले सहकारी कृषी मार्ट संचालनमा ल्याएको छ । मार्टको बुधबार रत्ननगर नगर पालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरेका हुन् ।

४० लाख रत्ननगर नगरपालिका र १ करोड १० लाख सहकारीले लगानी गरेर मार्ट संचालनमा ल्याएको सहकारीका अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिए । मार्टमा स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको पौडेलको भनाई छ । मार्ट मा दैनिक उपभोग्य बस्तु खाद्यान लगायत स्थानिय स्तरमा उत्पादित सामाग्री उपलब्ध हुने पौडेलले बताए ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक , वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिमिरे , वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल,जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेम दुवाडी , पंचकन्या जल उपभोक्ता संघका अध्यक्ष विष्णुहरी देवकोटा, जनजागृती सहकारीका संस्थापक अध्यक्ष एकनारायण पौडेल , जिल्ला समन्वय समिति सदस्य संजिव पौडेल लगायनको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका सहसचिव तथा मार्ट निर्माणका संयोजक चन्द्रकान्त ओझा ले संचालन गरेका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.