चितवन सेवा समाज नेपालद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
चितवन चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले यहि फागुन ३ गते शनिवार, भरतपुर १० चौविसकोठीमा विहान ९ बजेबाट कार्यक्रम शुरु गरि दिउँसो १२ बजे समापन गरेको थियो । हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले विभिन्न संघ-संस्था कलेज विभिन्न क्षेत्रसँग समन्वय गरी रक्तदान कार्यक्रम राखिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले जानकारी दिनु भयो । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको…