रत्ननगर-
चितवनको कालिका नगरपालिका वडा नं. ९ मा रहेको श्री महाँकाली आधारभूत बिद्यालय (कक्षा १ देखि कक्षा ५ सम्म) कोलारका १२० जना बिद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।
नेपाल हिल्से डिरेक्ट संस्थाले शुक्रवार बिद्यालयमा पुगेरै सहयोग गरेको हो । कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, वडा नं. ९ का वडा अध्यक्ष निलकण्ठ मगर, नेपाल हिल्से डिरेक्टका कोडिनेटर श्रीलाल परियार, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्य लगाएको टोलिले बिद्यार्थीहरूलाई ट्याकसुट, ब्याडमिन्टन, भलिबल, फुटबल, कपी, कलम लगाएत बिद्यालय पोशाक र शैक्षिक सामग्री बितरण गरेकाहुन् ।
नयाँ पोशाक, खेलकुद र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी खुशी भएका छन् । बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्न बिद्यालय पोशाक शैक्षिक सामाग्री बितरण गरिएको नेपाल हिल्से डिरेक्टका कोडिनेटर परियारले जानकारी दिए । नेपाल हिल्से डिरेक्टले पहाडी क्षेत्रका बालबालिकाको लागि सहयोग गर्दै आएको छ ।
कार्यक्रममा विद्यालयकी प्राधानाध्यापक चन्द्र माया प्रजा, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जया वहादुर प्रजा लगाएतको सहभागिता रहेको थियो ।