आज मितिः २०८३ बैशाख ५ गते

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

१ फागुन, रत्ननगर । गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो ।

वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो सम्म नै पुगेको बताउनुभयो । भेटघाटको क्रममा व्यवसायीहरु उत्साहित समेत रहेको उँहाको भनाई छ ।

भेटघाट तथा घरदैलो सकिए संगै करदाताको लागी दोस्रो चरणमा वडा कार्यालयले करदाता शिक्षा कार्यक्रमको आयोजना गर्ने रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयको सचिव सुर्य प्रसाद ढुंगानाले जानकारी दिनुभएको छ । करदाताहरुको लागि वडा कार्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिने समेत उंहाले बताउनुभयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.