आज मितिः २०८३ बैशाख ५ गते

यूकेमै अध्ययनरत सरिनालाई मार्सल आर्ट्समा स्वर्ण

काठमाडौँ —

नेपालकी सरिना घलेले डब्लूएमएसी इंग्लिस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय ‘डेब्यु’ प्रतियोगितामै स्वर्ण जितेकी हुन् ।

इंग्ल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेप्पन फम्समा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् । तेस्रो डान सरिनाले ९।१ अंक जोडिन् । इंग्ल्यान्डकी एमिली जेन दोस्रो भइन् ।

प्रतियोगितामा करिब ८ सय खेलाडीको सहभागिता रहेको जनाइएको छ । अध्यक्ष राईका अनुसार सरिना एक वर्षदेखि यूकेमै अध्ययनरत छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.