आज मितिः २०८३ बैशाख ५ गते

चितवन सेवा समाज नेपालले बृहत खुल्ला रक्तदान गर्दे

चितवन

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले  बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्ने भएको छ ।

समितिले यहि फागुन ३ गते  भरतपुर १०, चौविसकोठीमा विहान ८ बजेबाट कार्यक्रम गर्न लागेको हो ।

हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज नेपालले विभिन्न संघ-संस्था ,कलेज, विभिन्न क्षेत्रसँग समन्वय गरी  रक्तदान कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले  जानकारी दिनु भयो ।

भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको शिलशिलामा विदेश रहेका नेपाली नागरिकहरु आवद्ध रहेका छन् । यस संस्थाले विभिन्न कार्यक्रमहरु गर्दे आइरहेको बेला मानवीय कार्य अन्तर्गत बृहत खुल्ला रक्तदान कार्यक्रम राखेको छ । जसमा प्रमुख अतिथी रेडक्रस कर्मी एवं वरिष्ठ रक्तदाता विदुर के.सी रहनुहुने कार्यक्रम संयोजक लाल बहादुर भट्टले जानकारी दिनुभयो ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.