आज मितिः २०८३ बैशाख ९ गते

चितवन सेवा समाज नेपालद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन

 

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले  बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले यहि फागुन ३ गते शनिवार, भरतपुर १० चौविसकोठीमा विहान ९ बजेबाट कार्यक्रम शुरु गरि दिउँसो १२ बजे समापन गरेको थियो ।

 

हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले विभिन्न संघ-संस्था कलेज विभिन्न क्षेत्रसँग समन्वय गरी  रक्तदान कार्यक्रम राखिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले  जानकारी दिनु भयो ।

 

भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको सिलसिलामा विदेश रहेका नेपाली नागरिकहरु आवद्ध रहेका छन् । यस संस्थाले विभिन्न कार्यक्रमहरु गर्दे आइरहेको बेला मानवीय कार्य अन्तर्गत बृहत खुल्ला रक्तदान कार्यक्रम महिला १२ र पुरुष ४४  गरी जम्मा ५६ जना रक्तदाताहरुले स्वेच्छिक रूपमा रक्तदान गरे।  समाजका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी रेडक्रस कर्मी एवं वरिष्ठ रक्तदाता विदुर के.सी रहनु भएको थियो भने विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी, संरक्षक समिर के.सी रहनु भएको थियो ।

 

कार्यक्रममा विभिन्न देशबाट नेपाल विदामा आउनु भएका समाजका आजिवन सदस्य पदाधिकारीहरु समेतले रक्तदान गर्नु भएको थियो । कार्यक्रमलाई सभ्य र सफल बनाउनको निमित्त आर्थिक सहयोग फ्लाइ यू नेपाल, न्यू वे फाउण्डेशन, चन्द्रमा होटल एण्ड रेष्टुरेण्ट सौराहा, चितवन समाज जापानका अध्यक्ष इश्वरी प्रसाद कँडेल, अन्तर्राष्ट्रिय सद्भावना दुत सोम सापकोटा, चितवन सेवा समाज बहराइनका अध्यक्ष प्रकाश लामिछाने, समाजका निवर्तमान अध्यक्ष तथा संरक्षक समीर के.सी तथा चितवन समाज जापान कान्साईका पूर्व अध्यक्ष प्रकाश अर्यालले आर्थिक सहयोग  र टेण्ट तथा कुर्ची सौजन्य चितवन समाज जापानका पूर्व वरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारीले गर्नुभएको कार्यक्रम संयोजक लाल बहादुर भट्टले जानकारी दिनुभयो ।

 

रक्तदान अभियानका संयोजकले रक्तदान भनेको अरूको जीवन बचाउने एउटा राम्रो माध्यम हो। सबैलाई समय समयमा रक्तदान गर्न आग्रह गर्दछौं ।” यस किसिमका अभियानहरूले समाजमा रक्तदानको महत्त्व बुझाउन र आवश्यक समयमा बिरामीहरूको जीवन बचाउन ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ । समाजका सह-सचिव सकुन्तला न्यौपानेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा आर्थिक तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई मायाको चिनो प्रदान गरीएको थियो ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.