आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने
काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ। जसमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ। ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, र ‘निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।…