काठमाण्डौ –
अहिले सुकेको प्याजको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो जनाएको हो।
समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा प्याजको भाउ प्रतिथोक मूल्य ६५ देखि ७० रूपैयाँ छ।
१५ दिन अघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रूपैयाँले कारोबार भइरहेको थियो।
बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। अहिले नेपाली प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।