आज मितिः २०८३ बैशाख ६ गते

मस्तिष्क घात विरामीलाई आर्थिक सहयोग हस्तान्तरण

चितवन

रत्ननगर बकुलहर अस्पताल टाडीमा भर्ना भई  बसेका  शारीरिक पक्षघात विरामी रिता कुमाललाई फागुन १३ गते मंगलबार चितवन सेवा समाज नेपालले चितवन सेवा समाज बहराइनको पहलमा आर्थिक सहयोग  हस्तान्तरण गरेको छ ।

विगत १ महिना देखि मस्तिष्क घातको  कारण विरामी परेका राप्ती नगरपालिका वडा नं. २ गड्यौली चितवन बस्ने रिता कुमालको आर्थिक अवश्था नाजुक रहेको र घरका परिवारको आम्दानीको स्रोत नभएको कारण उपचार गराउन गार्हो भयो भनि चितवन सेवा समाज बहराईनसँग सहयोगको लागी अनुरोध गरीएको थियो । सोही अनुरुप बहराइनमा रहनु भएको चितवन सेवा समाज बहराइनका आजिवन सदस्यहरुद्धारा नगद रु २५०००/- संकलित भएको संस्थाका अध्यक्ष प्रकास लामिछानेले जानकारी गराउनु भयो ।

विरामीको शिघ्र लाभको कामना गर्दे चितवन सेवा समाज बहराइनका निवर्तमान अध्यक्ष एवं मानार्थ सुधिर श्रेष्ठ, बचतकोष संयोजक तथा सल्लाहकार दुर्गा लाल श्रेष्ठ ,कार्यलय सचिव निरु अधिकारी, स्थानीय जनप्रतिनिधि कमल रुवालि , स्थानिय समाजसेवीहरु प्रमोद ढुंगाना, अनु श्रेष्ठ, राज उप्रेतिको रोहवरमा पिडित पक्षलाई रत्ननगर बकुलहर अस्पताल टाडीमा पुगी उपचार कक्ष मै नगद सहयोग हस्तांतरण गरिएको छ ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.