श्रम संस्कृति पार्टीले खोटाङबाट जीतको खाता खोल्यो
काठमाण्डौ - प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत खोटाङ-१ मा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन् । राई १६ हजार ६१२ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए । राईका निकटतम प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीले खोटाङबाट जीतको खाता खोलेको छ ।