काठमाडौ-
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५, रहिमपथ नजिकै चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ असोज २२ गते साँझ करिब ७स्१० बजे जनकपुरधाम–५ सोनारपट्टी, दाहा चोक बस्ने करिब २४ वर्षीय आमिन साफी र २५ वर्षीय ईम्तियाज राइनलाई सोही स्थानका करिब २२ वर्षीय मोहम्मद ईर्साद खानले पुरानो रिसइवीका कारण छाती तथा पेटमा धारिलो हतियार प्रहार गरेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाएको थियो। अस्पतालमा साँझ ७स्१५ बजे चिकित्सकले जाँच गर्दा आमिन साफीको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। उसको शव अस्पतालको शवगृहमा राखिएको छ।