एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्यो
काठमाडौं- आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो। ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए। यस्तै, मोहम्मद नदीमले २५ रन बनाए। नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिए। त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१…