आज मितिः २०८३ बैशाख ११ गते

ब्रेकिङ न्यूज

आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब किङ्ग्सले शीर्ष–२ मा लिग चरणको अन्त्य गरेको छ । सोमबार भएको खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जीत निकालेको हो । पन्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए । मुम्बईका मिचेल सान्टनेरले २ र जसप्रति बुमराहले १ विकेट लिए । जयपुरमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले अर्धशतक बनाए । पन्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित…
Read More
मकवानपुरमा बसको ठक्करबाट तीनको ज्यान गयो,चार जना घाइते

मकवानपुरमा बसको ठक्करबाट तीनको ज्यान गयो,चार जना घाइते

मकवानपुर –   मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ भने अरु घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…
Read More
आज पहाडी भूभागमा वर्षाको सम्भावना

आज पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाण्डौं- जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशका केही भूभागमा आज वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ । पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । मनसुन आगमनको…
Read More
सम्पादकीय: नुनमा विष? – राज्यको लापरवाहीले जनस्वास्थ्य संकटमा

सम्पादकीय: नुनमा विष? – राज्यको लापरवाहीले जनस्वास्थ्य संकटमा

नेपालमा आयोडिनयुक्त नुनमा WHO सिफारिसभन्दा तीन गुणा बढी आयोडिन पाइएपछि जनस्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको छ। Salt Trading Corporation ले ५० ppm आयोडिन मिसाउने गरे पनि WHO को सिफारिस १५–४० ppm मात्र हो। यसले नेपालीहरूमा थाइराइड, उच्च रक्तचाप र मुटु रोगजस्ता समस्याहरू बढाएको छ। सरकारले २०५५ सालमा बनाएको आयोडिनयुक्त नुन ऐन २६ वर्षपछि मात्र लागू गरेको छ, जुन लापरवाहीको स्पष्ट संकेत हो। २०१६ को सर्वेक्षण अनुसार, ६८% नेपालीले सिफारिसभन्दा बढी आयोडिन सेवन गरिरहेका छन्। २०२६ मा हुने नयाँ सर्वेक्षणपछि मात्र आयोडिनको मात्रा घटाउने निर्णय गरिने भनिएको छ, तर त्यसबेलासम्म धेरै ढिलो भइसकेको हुनेछ। सरकारले तुरुन्तै आयोडिनको मात्रा घटाउने, गुणस्तर नियमन…
Read More
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्रको दबाब

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्रको दबाब

काठमाडौं, जेठ १२ — भिजिट भिसाको आवरणमा भएको मानव तस्करी काण्डमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि नेकपा (माओवादी केन्द्र)ले उनीसँग राजीनामाको माग गरेको छ। सोमबार खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले छानबिनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन गृहमन्त्री लेखकले पदत्याग गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकले गृह मन्त्रालयबाटै यस्तो आपराधिक गतिविधि भएको आरोप गम्भीर भएको भन्दै अनुसन्धानको मार्ग खुला गर्न नैतिक जिम्मेवारीका आधारमा मन्त्रीले राजीनामा दिनु उचित ठहर गरेको छ। पार्टी स्रोतका अनुसार माओवादी केन्द्र सरकारको नेतृत्वकर्ता पार्टीका हैसियतले सरकारले जनउत्तरदायी चरित्र प्रदर्शन गर्नुपर्ने र दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन नछोड्ने अडानमा…
Read More
गायिका प्रिती आलेको ‘भो चाहिंदैन’ गीत युट्युब ट्रेण्डिङमा

गायिका प्रिती आलेको ‘भो चाहिंदैन’ गीत युट्युब ट्रेण्डिङमा

काठमाडौं - यतिबेला गायिका प्रिती आले मेलामहोत्सवमा डिमाण्डेड गायिका बनेकी छिन् । कहिले दोहोरी ब्याटल ल्याएर भने कहिले तीज गीतमै रकशैली फ्युजन गरेर चर्चामा छाउँछिन् । उनी प्रस्तुतिमा नयाँपन दिन रुचाउँछिन् । यहि क्रममा उनले आफ्नै लय, शब्द, मोडलिङ र निर्देशनमा तयार भएको सार्वजनिक गरेकी छिन् । ‘भो चाहिदैन’ बोलको उक्त गीतमा प्रितीको आफ्नै शैली त छँदैछ, भिडियो सन्देशमूलक बनेको छ । एलओडी क्लबमा छायांकन गरिएको यो भिडियो, शैली र प्रस्तुतीका हिसाबले विशेष र फरक देखिएको छ । जसका कारण प्रितीको धेरैले प्रशंसा गरेका छन् । हिजो कुनै बेला लोक तथा दोहोरी गीत प्रतिष्ठानका उनको गीतलाई बन्देजको घोषणा नै गरेको…
Read More
अखिल नेपाल महासंघ चितवनद्धारा ध्यानाकर्षण

अखिल नेपाल महासंघ चितवनद्धारा ध्यानाकर्षण

चितवन- अखिल नेपाल महासंघ चितवनद्धारा जिल्लाका विभिन्न निकायलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । गत बैशाख ३० गते देखि जेठ २ गतेसम्म आएको हावाहुरीका कारण विभिन्न फलफुल तथा वालीनालीमा असर गरेकोमा महासंघ चितवनद्धारा ध्यानाकर्षण गराईको हो ।   महासंघले आईतवार जिल्ला कृषि विकाश कार्यालय, भरतपुर महानगर पालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाईको हो । अखिल नेपाल महासंघ चितवनका अध्यक्ष सिपी अधिकारी तथा ईन्चार्ज दुर्गा दत्त पौडेलद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा किसानले वालिको उत्पादन लिने वेलामा हावाहुरीले गर्दा किसानहरु मर्कामा परेको जनाईएको छ । यस सन्धर्भमा सम्बन्धित पालिका मार्फत विवरण लिएर आवश्यक क्षतिपुर्तिको लागि सरकार समक्ष पुराउन माग गरिएको छ…
Read More
रोशनी शाही मृत फेला

रोशनी शाही मृत फेला

काठमाडौं-   तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर विवादमा आएकी रोशनी शाही भक्तपुरमा आफ्नै कोठाभित्र मृत फेला परेकी छन्।   आइतबार सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित आफ्नै कोठामा मृत फेला परेकी हुन्। कोठाभित्र चुकुल लगाएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। घरमा अन्य कोही सदस्य नभएको बुझिएको छ। उनका पति विराटनगरमा रहेकाले खबर गरिएको प्रहरीले जानकारी दिएको छ। उनका छोराछोरी भने विदेशमा छन्। २०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो। त्यसक्रममा महराको चस्मा फुटेको थियो। सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी…
Read More
बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै शेयर धितो कर्जाको जोखिम भार घटाइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दर, निक्षेप संकलन दर र बैंक दर भने यथावत राखेको छ । “आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई…
Read More
सम्पादकीय: राज्यकै संरक्षणमा मानव तस्करी — अब ढाकछोपको होइन, निर्णायक कारबाहीको बेला हो

सम्पादकीय: राज्यकै संरक्षणमा मानव तस्करी — अब ढाकछोपको होइन, निर्णायक कारबाहीको बेला हो

त्रासदी र लज्जाको अन्तिम सीमा यही हो — जब नागरिकको सुरक्षाका लागि बनाइएको गृह मन्त्रालयकै उच्च तहका कर्मचारी स्वयं नागरिक बेच्ने गिरोहको अगुवाईमा मुछिन्छन्। सहसचिव तीर्थराज भट्टराईमाथि भिजिट भिसाको आवरणमा मानव तस्करी सञ्चालन गरेको गम्भीर आरोपले राज्य संयन्त्रभित्रको सडन गन्ध नाक थुनेर बस्न नसक्ने गरी फैलिएर आएको छ। त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुख भएर बसेका भट्टराईले ट्राभल एजेन्सी, मेनपावर र आफ्नै ‘कोर टिम’को साथमा कस्तो घिनलाग्दो व्यापार चलाइरहेका थिए भन्ने प्रमाण अख्तियारको प्रारम्भिक अनुसन्धानबाट छताछुल्ल भएको छ। जफत गरिएका मोबाइल, ल्यापटप, र करोडौंको लेनदेनका विवरणले यो केवल 'एक जना कर्मचारीको गल्ती' भनेर उडाउने कुरा होइन। झनै गम्भीर कुरा — मन्त्रीकै सचिवालयबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.