आज मितिः २०८२ पुष ६ गते

रास्वपा सभापति लामिछाने रिहा, भोलि चितवनमा सम्बोधन 

चितवन-

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएका छन्।

 

 

काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही पुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका हुन्। उनी शुक्रबार साँझ ५स्३७ बजे अदालतमा उपस्थित भएका थिए।

 

तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन्।

 

खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रूपन्देही आइपुगेका हुन्।

 

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै काम सकिएको जनाए।

 

जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गरिएको उनले बताए।

लामिछानेले भोलि बिहान चितवनमा आफ्ना शुभेच्छुकहरुलाई सम्बोधन गर्नेछन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.