काठमाडौं । रास्वपाको सभापति रवि लामिछाने आज जेनजि आन्कादोलनका शहीद परिवारलाई भेट्ने भएका छन् ।
उनी अहिले काठमाडौं आइपुगेका छन्। हिजो रिहा भएका लामिछानेले भरतपुर चौबीस कोटी विशेष सम्बोधन गरेलगत्तै काठमाडौं आइपुगेका हुन्।
चितवनबाट बुद्ध एयरको विमानबाट काठमाडौं आएको प्रवक्ता मनिष झाले बताए। लामिछानेको स्वागतमा रास्वपा नेता कार्यकर्ताको भिड लागेको छ।
काठमाडौं आएर उनले आजै जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको बताएका हुन्।