नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म
काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ। आज सबेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्मका लागि महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेकोमा उक्त मिति बैठकबाट पारित भएको हो। पुस २६(२८ सम्मको महाधिवेशन तालिका प्रभावित भएसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए। यसरी पार्टी महाधिवेशनका विषयमा नेताहरू विभाजित हुँदा समस्याको हल खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ मिति पारित गरेको हो। यस्तै कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकले केन्द्रीय समितिको म्याद विधान अनुसार…