आज मितिः २०८२ माघ १८ गते

नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म

काठमाडौं –

नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ।

 

 

आज सबेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्मका लागि महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेकोमा उक्त मिति बैठकबाट पारित भएको हो।

 

पुस २६(२८ सम्मको महाधिवेशन तालिका प्रभावित भएसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए। यसरी पार्टी महाधिवेशनका विषयमा नेताहरू विभाजित हुँदा समस्याको हल खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ मिति पारित गरेको हो।

 

यस्तै कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकले केन्द्रीय समितिको म्याद विधान अनुसार २०८३ जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ।

 

पारित कार्यतालिकामा चैत २१ गते गाउँरनगर वडा अधिवेशन, चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन वैशाख २ गते र दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन वैशाख ५ गते, प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते गर्ने उल्लेख छ।

 

 

प्रवक्ता महतले विशेष महाधिवेशनको औचित्य मंसिर १५ बाटै समाप्त भइसकेको बताए। क्रियाशिल सदस्यता र आम निर्वाचनको कारणले यसअघिको कार्यतालिका प्रभावित भएको कारणले केही समय पर सारिएको भन्दै उनले यसमा केहि नेताहरूको फरक मत रहेको जानकारी दिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.