आज मितिः २०८२ माघ १८ गते

नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान

युएई-

नेपाली युवा रिजवान आलमले युएईमा रहेर कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिए पछि उनको चर्चा अरब राष्ट्रहरुदेखि अन्य विभिन्न मुलुकले प्रसंशा गरेका छन ।

आलमले युएईमा उच्चपद र ओहदामा रहेका तथा राजपरिवारका व्यक्तिहरुसँग नेपाल र नेपालीहरुको लागि सकारात्मक भूमिकामा रहेर कार्य गर्दै आएकोले पनि उनको प्रशंसा अन्तराष्टिय रुपमा चिनिएको हो ।

उनले जुलाई २०२५ मा नेपालमा जलविद्युत् परियोजनासम्बन्धी एक महत्वपूर्ण प्रत्यक्ष वैदेशिक लगानी (FDI) सम्झौता सफलतापूर्वक सम्पन्न गरेर नेपालको दीर्घकालीन ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

अरब संसदका अध्यक्षसँग ऐतिहासिक तथा व्यापारिक साझेदारी गर्दै प्रत्यक्ष स्थापना उपलब्धि हुनु कुनै पनि नेपाली नागरिकका लागि अत्यन्तै दुर्लभ मानिन्छ। यस उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय पहिचानमा नयाँ आयाम थपेको छ र नेपाली युवाहरू अब परम्परागत श्रमिक भूमिकाभन्दा बाहिर निस्कँदै विश्वस्तरीय नेतृत्व क्षेत्रमा प्रवेश गरिरहेको सन्देश दिएको छ।

उनले कूटनीतिक उपलब्धिहरूस् उच्चस्तरीय भ्रमणहरूको सहजीकरण गरिदिएको ताजा उदाहरण पनि रहेको छ ।

सन् २०२२ को जुन महिनामा उनले दुबईका महामहिम शेख मोहम्मद बिन मक्तुम जुमाआ अल मक्तुमको नेपाल भ्रमण सहजीकरण गरेका थिए ।

सन् २०२३ मा उनले अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल यामाहीसँग सम्बन्धित उच्चस्तरीय भेटघाटहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरीइसकेका छन् ।

हालै उनले एक यूएईका राजकुमारको नेपाल भ्रमण समन्वय गरे, जहाँ उनलाई परम्परागत सुनको टुप्पो भएको नेपाली खुकुरी प्रदान गरियो, यो सांस्कृतिक सम्मानले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनायो।

उनका यी प्रयासहरूले नेपाल र अरब विश्वबीच व्यापार, लगानी र कूटनीतिक सहकार्यका नयाँ ढोका खोलेका छन्।उनले भारत, इजिप्ट, साउदी अरेबिया सरकारसँग प्रत्यक्ष सहकार्य गर्दै आएका छन् ।

राजनीतिक र आर्थिक अनिश्चितताको समयमा नेपाललाई विश्वस्तरमा सोच्ने, रणनीतिक सम्बन्ध बनाउने र राष्ट्रिय हितप्रति प्रतिबद्ध व्यक्तित्वहरूमा रिजवान आलमको नाम अग्र पङ्तीमा रहेको छ ।

अहिलेको अवस्थामा रिजवान आलम नेपाली युवाशक्तिको सम्भावना, साहस र उदीयमान विश्वव्यापी क्षमताको प्रतीकका रूपमा स्थापित भइरहेका छन्।

अन्तमा, उनले भने मैले नेपाल र बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि अझै केहि गर्नेछु।

तस्बिर – आलमको फेसबुक पेज।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.