आज मितिः २०८३ आश्विन ६ गते

ब्रेकिङ न्यूज

गजल

गजल

गजल - स्वदेशमा पाईन्न  रोजगार ,बिदेश तिर जाऊँला आमा जति छन साहुका ऋण,सबै मैले कमाएर तिरौँला आमा ।।   बाबाले हामीलाई सा_सानै  छोडेर  स्वर्गीय भए पनि नगर चिन्ता घर ब्यवहार  रित पुर्याएर  धानौंला आमा ।।   भाई बैनीलाई पढाएँ भने  बन्लान डक्टर ईन्जिनिएर दु:खकष्ट बिर्साएर तीमीलाई सुखले पालौँला आमा ।।   चुहिने भाछ घरको छानो  नछाई भाछैन जस्ता किनेर तिम्रो आङ्गमा फाटेको चोली पनि नयाँ फेरौँला आमा ।।   छिमेकी शहर पसेँ गाउँ त्यागी , धुलो र धुँवा खानलाई हामी आफ्नै गाउँँपुर्ख्यौलीमा बसि प्रगती गरौंला आमा  ।।   - सुचिता काफ्ले काठमाडौं
Read More
झापाको हल्दीबारीमा श्रीमानले गरे श्रीमतीको हत्या

झापाको हल्दीबारीमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाण्डौ- झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार खड्काले जानकारी दिनुभयो । उनले मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा भण्डारीले धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि आफूले श्रीमतीको हत्या गरेको भन्दै छिमेकीलाई बताउँदै हिँडेका भण्डारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । मृतक उर्मिलाका…
Read More
आज ११:०० बजे प्रतिनिधिसभाको बैठक बस्दै

आज ११:०० बजे प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११स्०० बजे बस्दैछ। हिजो मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो। गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।
Read More
पश्चिमी र स्थानीय वायुको प्रभावले आज केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले आज केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।   कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती…
Read More
६ सय कार्टुन विद्युतीय चुरोट बरामद

६ सय कार्टुन विद्युतीय चुरोट बरामद

काठमाण्डौ- नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट बरामद गरेको छ। कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाइ भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट ९भेप० फेला परेको हो। कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए। शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो। मुस्ताङ भन्सार कार्यालयका…
Read More
युएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

युएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनले भने, ‘पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै तीन लाख रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।’ निजहरू दुवै जनलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा…
Read More
सरकारद्धारा विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन

सरकारद्धारा विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन

काठमाडौं- सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ। मन्त्रिपरिषद्बाट गत वैशाख ३० गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार ९कार्य विभाजन० नियमावली, २०८३ अनुसार ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ औपचारिक रूपमा स्थापना गरिएको हो। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालयमार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ। हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराखेका छन्। नवगठित यो मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै, वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यही मन्त्रालयअन्तर्गत रहने…
Read More
सुन ३०० र चाँदी ३५ रुपैयाँले बढ्यो

सुन ३०० र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं- बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ। हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो…
Read More
उद्धारकर्मी खड्का सम्मानित

उद्धारकर्मी खड्का सम्मानित

काठमाण्डौ- उद्धार मीडिया प्रालिकी निर्देशक तथा मार्केटिङ मेनेजर गंगा देवी खड्का सम्मानित हुनु भएको छ । प्रालिको स्थापना कालदेखि नै निर्देशकको भूमिकामा रहदै आउनु भएकी खड्का आईतबार सगरमाथा प्रतिष्ठान नेपालबाट महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ बाट सम्मानित हुनु भएको हो । सामाजिक सेवाको क्षेत्रमा विगत २५ बर्षदेखि निरन्तर क्रियाशिल रहि राष्ट्र र जनताको सेवामा समर्मित उक्त संस्थाले करीब २ दर्जन महिलालाई सम्मानित गर्दै आएको छ । पेशागत महिला उद्यमी व्यवसायि, राजनिती, धार्मीक, शैक्षिक,पर्यटन, कृषि, उर्जा बैकिंङ, सहकारी स्वास्थ्य खेलकूद, साँस्कृतिक, कला साहित्य, अग्रज अभियन्ता लगायतलाई देश विदेशसम्मका व्यक्ति बिशेषलाई संस्थाले सम्मानित गर्दै आएको छ । खड्काले विभिन्न सामुदायिक विद्यालयमा पोशाक…
Read More
बजेट अधिवेशन आजदेखि सुरु हुँदै

बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं- सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ। कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३:४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष  सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.