कविता – आशा अझै मरेको छैन !
कालो बादलले आकाश ढाके पनि, बिहानीमा घाम हराएको छैन । हजारौँ बाधा बाटामा आए पनि, मेरो मनको आशा मरेको छैन ।। काँडाले पाइला रोके पनि, सपना अघि बढ्न छाडेको छैन। परिश्रमको पसिना बगिरहेसम्म, सफलताको ढोका बन्द हुने छैन।। हारले केही सिकाउँछ, दु:खले अझ बलियो बनाँउछ । विश्वास र साहस साथमा रहेसम्म, जीवनको उज्यालो निभ्ने छैन ।। आँखाभरि सजाएका सपना, मनभरि अटल विश्वास बोकी संघर्षलाई साथी बनाएर हिँड्दा, मेरो आशा अझै पनि मरेको छैन ।। -सोनिया कठायत उर्लाबारी -१