आज मितिः २०८३ असार १८ गते

आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं-

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा १७।४ मिलिमिटर र हनुमाननगरमा १२।४ मिलिमिटर वर्षा भएको

 

पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। सबैभन्दा बढी दोधारामा १४९।६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७।६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको नागार्जुनमा ४६।६ मिलिमिटर वर्षा भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ।

 

बिहीबार दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ।

 

दिउँसो देशको हिमाली र पहाडी भू(भागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

 

लुम्बिनी प्रदेशको तराई भू(भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

मधेश प्रदेश र कोशी प्रदेश तराईको एक(दुई स्थानमा पनि मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.