काठमाण्डौं-
आज बिहान घरेलु मैदानमा इक्वेडरलाई २-१ गोलले हराउँदे मेक्सिको अन्तिम १६ मा पुगेको छ ।
मेक्सिकोको जितमा जुलिएन क्विनोनेज र रउल जिमिनेजले गोल गरे।
खेलको २१ मिनेटमा क्विनोनेजले मेक्सिकोलाई सुरूवाती अग्रता दिलाएका थिए। ३१ मिनेटमा जिमिनेजले अग्रता दोब्बर पारेपछि मेक्सिकोले पहिलो हाफमै २(० को अग्रता लिएको थियो।
दोस्रो हाफमा दुवै पक्षले गोलका लागि प्रयत्न गरेको भएन पनि सफल हुन सकेन। ९० मिनेटपछि थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा इक्वेडरका पिएरो हिनक्यापीले रातो कार्ड खाएका थिए।
जारी विश्वकपको सह आयोजक समेत रहेको मेक्सिकोले अन्तिम १६ मा इंग्ल्याण्ड र कंगोबीचको खेलको विजेतासँग खेल्नेछ।