खाडीको यूएईदेखि युरोप पठाइदिने भन्दै लाखौं रुपैंया ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौँ - आकर्षक तलबको प्रलोभन देखाएर खाडी र युरोप पठाइदिने भन्दै १९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षिय कुनसाङ लामा, बर्दियाका ४२ वर्षिय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षिया सचिता परियार र खोटाङका ४१ वर्षिय निरोज राई रहेका छन्। पक्राउ पर्नेमा कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ तथा निरोजले…