आज मितिः २०८३ आश्विन २ गते

ब्रेकिङ न्यूज

देवघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

देवघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ-   तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ। दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। ट्रक चालकको खोजी भइरहेको उपरीक्षक खाँणले बताए।  
Read More
कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

काठमाडौं- पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ। पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले उनको नियुक्ति खारेज गरिदिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ। गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।  
Read More
त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एक जना पक्राउ

काठमाडौं -   त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए । हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ
Read More
श्रम स्वीकृतिबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाख

श्रम स्वीकृतिबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाख

काठमाडौँ- वैदेशिक रोजगार विभागबाट छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । चालु आर्थिक वर्ष साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९(८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए । विभागको तथ्याङ्कअनुसार युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।…
Read More
दुई यातायात प्रालिबीच झडप, एक जना घाइते

दुई यातायात प्रालिबीच झडप, एक जना घाइते

सुर्खेत - वीरेन्द्रनगरको सिटी बसपार्कमा भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिबीच झडप भएको छ । शनिबार बिहान टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको हो । झड्पमा एकजना भिजिट कर्णाली यातायातका व्यवसायी घाइते भएका छन् । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतमा पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका जनाइएको छ ।संयुक्त यातायात प्रा।लि देखि भिजिट कर्णालीको टिकट काट्ने स्थान फरक रहेको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष गणेश कुमार बिसीले भने,‘ सयुक्तको टोली हाम्रो टिकट काउण्टरमा आएर झडप गरे । सुर्खेत सयुक्त बाहेर अरुले गाडी चलाउन नपाउने भन्ने छ । सुर्खेतमा अरु नयाँ…
Read More
राप्रपा नेपाल मकवानपुरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने

राप्रपा नेपाल मकवानपुरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने

चितवन- आज आइतवार राप्रपा नेपाल मकवानपुरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने भएको छ । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई भब्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । पार्टी जिल्ला समितिको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौं’, जिल्ला अध्यक्ष सापकोटाले भने । पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ । त्यसपछि उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१०…
Read More
अमितको ‘रुपै तिम्रो’ सार्वजनिक

अमितको ‘रुपै तिम्रो’ सार्वजनिक

नव उदीयमान गायक अमित रसाईलीको आवाजमा रहेको गीत ‘रुपै तिम्रो’ वर्ल्ड वाइड रिलिज भएको छ । राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको गीतको देवेन्द्र बरालले सङ्गीत गरेका हुन भने शब्द रचना किरण भुजेलको रहेको छ । याकुब तामाङ्को सङ्गीत सम्योजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन । भ्वाईस अफ नेपाल सिजन ५ मा समेत सहभागी भएका रसाईलीको यो भ्वाईस अफ नेपाल पछिको पहिलो रेकर्डेड गीत हो। निमेष जङ्ग थापा र प्रियना थापाको मुख्य अभिनय रहेको म्युजिक भिडियोको क्यामरा पर्सन उत्तम हुमागाई हुन भने बिकास धमलाले सम्पादन गरेका हुन । होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत रेशम…
Read More
हत्या गरेर फरार दुई अभियुक्त पक्राउ

हत्या गरेर फरार दुई अभियुक्त पक्राउ

काठमाडौं- बोक्सी आरोपमा हत्या गरेर फरार रहेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए ।   उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।   हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको एसपी केसीले बताए । प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।  
Read More
चितवनको रत्ननगरमा न्यानो कपडा वितरण

चितवनको रत्ननगरमा न्यानो कपडा वितरण

चितवन- चितवनको रत्ननगर नगरपालिका वडा नम्वर(८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ। वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो । बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो। रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा-८ का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका…
Read More
नेपाल मेड नेपालले डाक्टरलाई मासिक थप एक लाख भत्ता दिने

नेपाल मेड नेपालले डाक्टरलाई मासिक थप एक लाख भत्ता दिने

जाजरकोट– भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले बताएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जाजरकोट अस्पतालमा डाक्टर पठाउने व्यवस्था मिलाउन थप भत्ता मिलाउन उक्त संस्थासँग पहल गरेकी थिइन्। डाक्टर समेत रहेकी सांसद कार्की…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.