काठमाडौं-
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ।
पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले उनको नियुक्ति खारेज गरिदिएको हो।
उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।