आज मितिः २०८३ श्रावण १८ गते

देवघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ-

 

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ। दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
ट्रक चालकको खोजी भइरहेको उपरीक्षक खाँणले बताए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.