नव उदीयमान गायक अमित रसाईलीको आवाजमा रहेको गीत ‘रुपै तिम्रो’ वर्ल्ड वाइड रिलिज भएको छ । राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको गीतको देवेन्द्र बरालले सङ्गीत गरेका हुन भने शब्द रचना किरण भुजेलको रहेको छ ।
याकुब तामाङ्को सङ्गीत सम्योजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन । भ्वाईस अफ नेपाल सिजन ५ मा समेत सहभागी भएका रसाईलीको यो भ्वाईस अफ नेपाल पछिको पहिलो रेकर्डेड गीत हो।
निमेष जङ्ग थापा र प्रियना थापाको मुख्य अभिनय रहेको म्युजिक भिडियोको क्यामरा पर्सन उत्तम हुमागाई हुन भने बिकास धमलाले सम्पादन गरेका हुन । होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत रेशम गदालले मिक्सिङ रमास्टरिङ गरेका हुन ।
https://youtu.be/L9sTbu6G–0?si=o83bxAlyMoBGIR2y