आज मितिः २०८३ असार २ गते

दुई यातायात प्रालिबीच झडप, एक जना घाइते

सुर्खेत –

वीरेन्द्रनगरको सिटी बसपार्कमा भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिबीच झडप भएको छ ।

शनिबार बिहान टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको हो । झड्पमा एकजना भिजिट कर्णाली यातायातका व्यवसायी घाइते भएका छन् । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

सुर्खेतमा पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका जनाइएको छ ।संयुक्त यातायात प्रा।लि देखि भिजिट कर्णालीको टिकट काट्ने स्थान फरक रहेको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष गणेश कुमार बिसीले भने,‘ सयुक्तको टोली हाम्रो टिकट काउण्टरमा आएर झडप गरे । सुर्खेत सयुक्त बाहेर अरुले गाडी चलाउन नपाउने भन्ने छ । सुर्खेतमा अरु नयाँ व्यवसायी व्यवसाय नगरुन भन्ने छ ।’

गत पुस २६ गते मात्रै सञ्चालनमा आएको भिजिट कर्णाली यातायात प्रालिका कर्मचारीमाथि संयुक्त यातायात व्यवसायीका केही कर्मचारीले हातपात गर्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी खटाइएको छ ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.