आज मितिः २०८३ आश्विन १३ गते

ब्रेकिङ न्यूज

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव

काठमाण्डौ – राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरे पनि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ ।
Read More
सरकारले मिटरब्याजविरुद्ध जाँचबुझ गर्न नयाँ आयोग गठन

सरकारले मिटरब्याजविरुद्ध जाँचबुझ गर्न नयाँ आयोग गठन

काठमाण्डौ – सरकारले मिटरब्याजविरुद्ध जाँचबुझ गर्न नयाँ आयोग गठन गर्ने भएको छ ।  सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग दुई दिन भएको वार्ता सहमतिमा टुङ्गिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिँडेर फागुन ९ गते काठमाण्डौ आइपुगेका मिटरब्याजपीडित निरन्तर आन्दोलनमा थिए । सरकारले मिटरब्याज विरुद्ध जाँचबुझ गर्न फेरि आयोग गठन गर्ने भएसँगै आन्दोलन पनि फिर्ता भएको छ । यससम्बन्धी जाँचबुझ गर्न गतवर्ष चैतमा मात्रै सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन…
Read More
तीन प्रदेश प्रमुखलाई पदमुक्त

तीन प्रदेश प्रमुखलाई पदमुक्त

काठमाडौं- सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। गण्डकीमा पृथ्वीमान गुरूङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन्। उनीहरुलाई कांग्रेस(माओवादी गठबन्धन सरकारले नियु्क्त गरेको थियो। सरकारले मधेश प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न पनि सिफारिस गरेको छ।
Read More
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको प्रतिस्पर्धा

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको प्रतिस्पर्धा

काठमाडौं- राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माको वीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि कार्यतालिका प्रकाशित भएको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको अध्यक्षका लागि फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएकी थिइन्। निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएपश्चात् कार्यतालिका प्रकाशित भएको हो। राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको मनोनयन सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म ल्होत्से हलमा तोकिएको छ। त्यसैगरी दिउँसो १स्३० बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन हुनेछ। निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते…
Read More
बन्द चितवन मिल्क एक महिनापछि पुनः सञ्चालनमा

बन्द चितवन मिल्क एक महिनापछि पुनः सञ्चालनमा

चितवन- एक महिनापअघि बन्द चितवन मिल्क उद्योग पुनः सञ्चालनमा आएको छ। प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो। किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योग सरसफाइ गरेर सञ्चालन गरिने भएको हो। २० हजार लिटर दूध आइसकेको छ। उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ। धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको हो। उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ। प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ। यसअघि नै…
Read More
नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं- त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।   आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघले  जनाएको छ। यसअघि शनिबार हङकङसँगको मैत्रिपूर्ण टी/२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।   हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, अविनाश बोहोरा र आकाश चन्द छन्।…
Read More
बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा भट्टराई, महासचिवमा नेपाल

बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा भट्टराई, महासचिवमा नेपाल

चितवन- नेपाल बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा पदमप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । रत्ननगरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशन अन्तर्गत बरिष्ठ उपाध्यक्ष, महसचिव र दुई वटा सचिव पदमा मात्र निर्वाचन भएको थियो । बरिष्ठ उपाध्यक्षमा प्रदिप घिताल २३७ मत प्राप्त गरि विजयी भएका छन् । सातप्रदेशको उपाध्यक्ष निर्विरोध निर्वाचित हुँदा महासचिवमा भने रमेश नेपाल १८५ मत प्राप्त गरि विजयी भएका छन् । कोशी प्रदेश उपाध्यक्षमा तीर्थराज पोखरेल, मधेश प्रदेश उपाध्यक्षमा सन्तोष मल्ल ठकुरी, बागमती प्रदेश उपाध्यक्षमा नेत्रप्रसाद पौडेल, गण्डकी प्रदेश उपाध्यक्षमा गोपाल सापकोटा, लुम्विनी प्रदेश उपाध्यक्षमा बाबुराम भूषाल, सुदुरपश्चिम उपाध्यक्षमा गणेशप्रसाद…
Read More
सिटौला बने राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेता

सिटौला बने राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेता

काठमाण्डौं - अध्यक्षका आकांक्षी समेत रहेका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेता मनोनयन भएका छन् । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलकानेता शेरबहादुर देउवाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता पदमा सिटौलालाई मनोनयन गरेका हुन्। देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्।  
Read More
यस्तो छ पाँच वर्षको तथ्याङ्कमा साइबर अपराधका घटना

यस्तो छ पाँच वर्षको तथ्याङ्कमा साइबर अपराधका घटना

काठमाडौं- पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना करिब छ गुणा बढीले वृद्धि भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन्। त्यस्तै आव २०७७/७८ मा तीन हजार नौ सय छ, आव २०७८/७९ मा चार हजार छ सय ८६ र आव २०७९-८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ। प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका एक सय ६४, बालिकाका दुई सय ४२, महिलाका पाँच हजार सात सय…
Read More
नेपाली जनप्रगतिशील मञ्च युएईको अध्यक्षमा खनाल

नेपाली जनप्रगतिशील मञ्च युएईको अध्यक्षमा खनाल

युएई- नेपाली जनप्रगतिशील मञ्च युएईको सम्पन्न छैठौं महाधिवेशनले लक्ष्मण खनालको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा दामोदर सिङ ठगुन्ना, उपाध्यक्षहरुमा क्रमशः मनोज कुमार राजबंशी, धनबहादुर चन्द, र महिला उपाध्यक्षमा सपना गिरी छन् । त्यस्तै, मञ्चको महासचिवमा पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका सुनिल खड्का, सचिवमा क्रमशः बिरेन्द्र खड्का, दिपक बिष्ट, र इन्द्र सेन्चुरी छन भने कोषाध्यक्षमा गाम बहादुर बि।क र सहकोषाध्यक्षमा बसन्तराज उपाध्याय सर्वसहमतिमा चयन भएका छन् । नवगठित कार्यसमितिमा १६ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन भने प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष बाबुराम बिश्वकर्मा र मन्चको अनुशासन आयोगको प्रमुखमा ठाकुर प्रसाद ढुङ्गानालाई मनोनयन गरिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.