आज मितिः २०८३ बैशाख १० गते

नेपाली जनप्रगतिशील मञ्च युएईको अध्यक्षमा खनाल

युएई-

नेपाली जनप्रगतिशील मञ्च युएईको सम्पन्न छैठौं महाधिवेशनले लक्ष्मण खनालको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ ।

नवगठित कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा दामोदर सिङ ठगुन्ना, उपाध्यक्षहरुमा क्रमशः मनोज कुमार राजबंशी, धनबहादुर चन्द, र महिला उपाध्यक्षमा सपना गिरी छन् ।

त्यस्तै, मञ्चको महासचिवमा पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका सुनिल खड्का, सचिवमा क्रमशः बिरेन्द्र खड्का, दिपक बिष्ट, र इन्द्र सेन्चुरी छन भने कोषाध्यक्षमा गाम बहादुर बि।क र सहकोषाध्यक्षमा बसन्तराज उपाध्याय सर्वसहमतिमा चयन भएका छन् ।

नवगठित कार्यसमितिमा १६ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन भने प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष बाबुराम बिश्वकर्मा र मन्चको अनुशासन आयोगको प्रमुखमा ठाकुर प्रसाद ढुङ्गानालाई मनोनयन गरिएको छ ।

युएईको दुबईमा भएको मन्चको छैठौं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव पूर्व अर्थ,उर्जा तथा शान्ती मन्त्री समेत रहेका सभासद जनार्दन शर्मा ‘प्रभाकर’ सहभागी थिए ।

 

महाधिवेशनमा माओवादीको प्रवास समिति सदस्य तथा एनआरएनएका पूर्व उपाध्यक्ष डिबी क्षेत्री, प्रवास समिति अन्तर्गत मध्यपूर्व क्षेत्रका अध्यक्ष शनी कुमार ओली, सचिव हरी नेपाली, मध्यपूर्व समितिका अन्य नेता तथा मन्चका कतार अध्यक्ष राज देवकोटा, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, बुद्दी प्रसाद भन्डारी, कतार मन्चका पुर्व अध्यक्ष होमनाथ शर्मा, जापान मन्चका अध्यक्ष भवानी पन्त,मध्यपुर्व सदस्य श्रीकृष्ण भट्टराई, निमेष गिरी, एनआरएन युएईका पुर्व अध्यक्ष सुदिप कार्की लगायतको बिशेष उपस्थितीमा नयाँकार्य समिति गठन गरिएको हो ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.