आज मितिः २०८३ बैशाख ९ गते

बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा भट्टराई, महासचिवमा नेपाल

चितवन-

नेपाल बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा पदमप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । रत्ननगरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशन अन्तर्गत बरिष्ठ उपाध्यक्ष, महसचिव र दुई वटा सचिव पदमा मात्र निर्वाचन भएको थियो । बरिष्ठ उपाध्यक्षमा प्रदिप घिताल २३७ मत प्राप्त गरि विजयी भएका छन् । सातप्रदेशको उपाध्यक्ष निर्विरोध निर्वाचित हुँदा महासचिवमा भने रमेश नेपाल १८५ मत प्राप्त गरि विजयी भएका छन् ।

कोशी प्रदेश उपाध्यक्षमा तीर्थराज पोखरेल, मधेश प्रदेश उपाध्यक्षमा सन्तोष मल्ल ठकुरी, बागमती प्रदेश उपाध्यक्षमा नेत्रप्रसाद पौडेल, गण्डकी प्रदेश उपाध्यक्षमा गोपाल सापकोटा, लुम्विनी प्रदेश उपाध्यक्षमा बाबुराम भूषाल, सुदुरपश्चिम उपाध्यक्षमा गणेशप्रसाद श्रेष्ठ र कर्णाली प्रदेश उपाध्यक्षमा हरिप्रसाद ज्ञावली निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा शैलेन्द्र बुढाथोकी र महिला सचिवमा शुशीला नेपाल निर्विरोध निर्वाचित भएका छन् । संगठन सचिवमा रमेशप्रसाद भट्ट २६६ मत र अर्थ सचिवमा राजन अधिकारी १५२ मत प्राप्त गरि विजयी भएका छन् ।

कोशी प्रदेशबाट सदस्यमा नवराज सुवेदी, मधेश प्रदेशबाट सुरज यादब, बागमती प्रदेशबाट रुपेश लामिछाने, लुम्विनी प्रदेशबाट मर्मजंग बम, गण्डकी प्रदेशबाट सुमन गोर्खाली गुरुङ, सुदुरपश्चिम प्रदेशबाट बम बहादुर बम र कर्णाली प्रदेशबाट प्रदिप रिमाल सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यमा भीम बन्जरा, वसन्त बिसी, कमल रिमाल, रामहरी मैनाली, झनक बहादुर बस्नेत, शालिकराम बराल, नवराज पाण्डे, महेश गैरे, रुद्रप्रसाद भट्टराई र संगम पोखरेल निर्विरोध निर्वाचित भएका छन् । नेपाल सरकारको श्रम मन्त्रालयबाट स्वतन्त्र ट्रेड युनियनको मान्यता प्राप्त भएपछि नेपाल बजार विक्री प्रतिनिधि संघले चितवनको रत्ननगरमा प्रथम राष्ट्रिय महाधिवशन गरेको हो । महाधिबेशनमा ४०० प्रतिनिधि सहभागी थिए । संघका देशभरका करिव ४ हजार व्यवसायी आबद्ध छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.