आज मितिः २०८३ बैशाख ९ गते

नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं-

त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।

 

आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघले  जनाएको छ। यसअघि शनिबार हङकङसँगको मैत्रिपूर्ण टी/२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।

 

हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, अविनाश बोहोरा र आकाश चन्द छन्।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.