आज मितिः २०८३ बैशाख ९ गते

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको प्रतिस्पर्धा

काठमाडौं-

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माको वीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि कार्यतालिका प्रकाशित भएको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको अध्यक्षका लागि फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएकी थिइन्।

निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएपश्चात् कार्यतालिका प्रकाशित भएको हो।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको मनोनयन सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म ल्होत्से हलमा तोकिएको छ। त्यसैगरी दिउँसो १स्३० बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन हुनेछ।

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ। नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले पाउने सहमति भएको छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.