आज मितिः २०८३ बैशाख ८ गते

ब्रेकिङ न्यूज

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८

एजेन्सी- जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। इशिकावा प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ। इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै मानिस घाइते भएका छन। आपतकालिन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्। १४ वटा संरचनामा मानिसहरु फसेको हुनसक्ने अनुमान गरिएको छ। उनीहरुको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ।    
Read More
रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

काठमाडौं- रूसी सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको मृत्यु भएको हो। यससँगै रूसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ। यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको थियो भने एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेका छन्। नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।  
Read More
विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने लामा पक्राउ

विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने लामा पक्राउ

काठमाडौं- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरेको छ । लामालाई प्रहरीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनले पीडित व्यक्तिबाट पाँच लाखदेखि १५ लाखसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको प्रवक्ता रेग्मीले बताए।…
Read More
दुबईबाट सन्दीपले भने नेपाल फर्केर तलाई बाकि राख्ने छैन

दुबईबाट सन्दीपले भने नेपाल फर्केर तलाई बाकि राख्ने छैन

दुबई- फोनमा उ चिच्याई रहेको थियो म नेपाल मात्र फर्किउ तलाई नेपालको जुन कुनामा भए पनि मार्दिन्छु । यो आवाज थियो बर्दघाट नवलपरासीका सन्दीप भण्डारीको । वर्किङमा जान समय लाग्छ तयसैले २ लाख ५० हजारमा भिजिट भिषामा जान भने सन्दीपलाई नेपालबाट पठाउने एक व्यक्तिले । दुबई गएर खाएर बसेर करीब ५० हजार कमाउने आश्वासन दिएका उनको एजेण्ट थिए बुटवल ड्राइभरटोलका मित्र गिरी । गिरीले पाँचतारे होटलमा हाउस किपिङको काम भनेर दुबई उडाए भण्डारीलाई । एअरपोर्टमा मानछे लिन आउँछ भने तर कोहि उनलाई लिन आएन । नेपालमा सम्पर्क गरेर एक नम्बर दिए गिरीले तर तर गिरीलाई आफूले नचिन्ने बताए । बरदुबई…
Read More
ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ

ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ

  काठमाडौं- वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने प्रलोभन देखाएर १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।   मार्स मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।   उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि २० लाख लाग्ने प्रलोभन देखाएका थिए। पक्राउ परेका पौडेलले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा १९ लाख ६०…
Read More
चितवन समाज युएईको भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न

चितवन समाज युएईको भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न

रवि भट्ट/ बर दुबई चितवन समाज युएईले अँग्रेजी नयाँ बर्ष र टोपि दिवशको अवसर पारेर यहाँ रहेका चितवनेहरुसंग भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजले यो बर्ष २०२३ को अन्तीम दिन अर्थात डिसेम्बर ३१ का दिन दुबईको मश्रिफ पार्कमा कार्यक्रम सम्पन्न गरेको हो । अँग्रेजी नयाँ बर्ष सन् २०२४ लाई स्वागत र २०२३ लाई विदाई गर्दै रोजगारी तथा विभिन्न पेशा, व्यवसायमा आबद्ध दुबईमा रहनुभएका चितवनेहरुलाई पारीवारीक माहोलमा रमाउने, भेटघाट र बनभोजको तयारी गरिएको थियो । समाजका अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका राम मोक्तानले चितवन समाज युएईले गरेको सामाजिक कार्यको उच्च प्रसंसा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.