आज मितिः २०८३ बैशाख ९ गते

भेलु बाजे नामले चिनिएका मीनबहादुरको निधन

काठमाडौं-

आफ्नो बोली र व्यवहारका कारण सामाजिक सञ्जाल टिकटकमा रुचाइएका प्यूठानका मीनबहादुर बुढामगर भेलु बाजे को निधन भएको छ।

बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ।

भेलु बाजे केही महिना अघिसम्म सोसल मिडियामा चर्चित थिए। गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो। त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.