काठमाडौं-
आज बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।