आज मितिः २०८३ बैशाख ९ गते

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाण्डौ –

नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया, बुल्गेरिया, न्युजिल्यान्ड, सर्बिया, क्रोएशियालगायतका देशमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी धादिङको धुनीबेसी नगरपालिका–४ घर भएका रमेश बयलकोटी र कालीकोट घर भएका दर्शन नेपालीलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पठाउने भनी चार सय २२ जनालाई ठगी गर्ने गिरोहमा संलग्नहरू पक्राउ परेका बताउनुभयो । उनीहरूले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म खर्च लाग्ने बताउने गरेको र शुरुमा ५० हजारदेखि तीन लाख रुपैयाँ लिने र भिसा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाई रकम लिने गरेको खुलेको उहाँले बताउनुभयो । उनीहरूले चार सय २२ जनाबाट झन्डै तीन करोड रुपैयाँ रकम उठाएको हुनसक्ने अनुमान छ ।

कार्यालयले हिजो कतारबाट काठमाण्डौ आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । एसएसपी भट्टराईले पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै एमडी शनि अलाही रहेका बताउनुभयो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.