चितवन-
आप्mनो जन्मदिनको उपलक्ष्यामा रत्ननगरका एक युवाले साहाराको घरमा सहयोग गरेका छन् । रत्ननगर दोवाटोका युवा व्यवसायी तथा समाजसेवी सन्तोष लामाले त्यहाँ रहेका बालिकाहरुको लागि स्टेशनरी सामाग्रीको लागि आर्थिक रकम सहयोग गरेका हुन् ।
जन्मदिनको उपलक्ष्यमा साहाराको घरकी संञ्चालक कुसुम साहारा र अध्ययनरत बालिकाहरुले संयूक्त रुपमा जन्मदिनको आसिर्बाद दिए । उनिहरुले लामाको जन्मदिनको उपलक्ष्यमा दियोमा बत्ति बालेर खादा लगाई आसिर्बाद दिएका हुन् ।

संञ्चालक कुसुमले पछिल्लो समय देशमा खड्कि रहेको आर्थिक समस्याले साहाराको घरलाई पनि प्रतक्ष्य असर परेका बताईन् । उनले यसरी नै पूण्य कामको लागि सहयोग गर्नुहुनेहरुले साहाराको घरलाई केहि टेवा पुगेको जानकारी दिईन् ।
आफ्नो जन्मदिनको अवसरमा साहाराको घरमा सानो सहयोग गर्न पाउँदा सन्तोष लामाले खुशी व्यक्त गरे । लामाले साहाराको संञ्चालक कुसुम सहारा जस्तै राम्रो अध्ययन गरेर ठूलो भएर यसरी नै साहारा विहिनहरुको असल आमा बनेर सहयोग गर्न विद्यार्थीहरुलाई बताए ।
लामालाई जन्मदिनको आसिर्बाद दिंदै व्यवसायी तथा चितवन सेवा समाज मलेसियाका संरक्षक सुरेश भण्डारीले साहाराको घरको प्रशंशा गर्दै विलासितामा जन्मदिनको अनाबश्यक खर्च गर्नु भन्दा यसरि नै सहयोग गर्नु पर्ने बताए ।