आज मितिः २०८३ बैशाख ९ गते

भीषण आगो लाग्दा दुई सय घर जले

सप्तरी-

सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ। आगलागीबाट करिब दुई सय घर जलेर नष्ट भएको छ।

गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो। उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित दुई सय घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको बताए।

आगो निभाउने प्रयास भइरहेको छ। यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.