आज मितिः २०८३ बैशाख ९ गते

सहकारी समस्या समाधानका लागि समिति गठन

काठमाडौं-

सरकारले समस्याग्रस्त सहकारी संघसंस्था व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संघसंस्थाको व्यवस्थापन समिति गठन गरेको हो ।

 

बैठकले वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन् । उनले दुई पक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने बताइन् ।

साथै मन्त्री शर्माले देशभर भएका आगलागीका घटनाहरूमा पनि गम्भीरतापूर्वक छलफल भएको बताइन् । संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गरेर जानुपर्ने भन्ने निर्णय भएको पनि बताइन् ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.