आज मितिः २०८३ बैशाख २२ गते

ब्रेकिङ न्यूज

राम्रो कामलाई ओझेलमा नपारौं- नगर प्रमुख रेग्मी

राम्रो कामलाई ओझेलमा नपारौं- नगर प्रमुख रेग्मी

चितवन- चितवनको कालिका नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई संवोधनगर्दै नगर प्रमुख विनोद रेग्मीले राम्रो कामलाई ओझेलमा पार्ने काम कसैले पनि गर्न नहुने बताएका छन् । कार्यालयको निर्माणाधिन भवनलाई छिटो सम्पन्नगर्न ठेकेदारलाई ताकेता गरिरहेपनि कानुनी कार्यविधिले समस्या परेको उनको भनाईछ । आफ्नै भवनहुँदाहँदै भाडामा किन बसेको भन्ने सहभागिहरुको प्रश्नमा नगरप्रमुख रेग्मीले ९५ प्रतिशत निर्माणकार्य सकिएको भवनमा अर्को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरिने आश्वासन दिनुभयो ।   यसैगरी नगरपालिकाले नगरक्षेत्रभित्रका बजारहरुमा निरन्तर अनुगमन गर्ने समेत नगरप्रमुख रेग्मीले बताउनुभयो । बजार व्यवस्थापन समितिसँग समन्वय गरेर बजार अनुगमन हुने उनले बताए । नागरिकको मन दुखाउनेगरी जनप्रतिनिधिहरुले काम नगर्ने समेत उनले स्पष्ट पारे ।…
Read More
सरकार र आरती साहका परिवारबीच ५ बुँदे सहमति

सरकार र आरती साहका परिवारबीच ५ बुँदे सहमति

काठमाडौं- गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच मंगलवार पाँच बुँदे सहमति भएको छ।   कर्तव्यज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन साहको मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउनेसहितका ५ बुँदे सहमति भएको गृह मन्त्रालयले जनाएको छ।   अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी घटनाको विषयमा थप अध्ययन गर्ने पनि सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।   सहमतिपत्रमा बुँदा नम्बर १ र २ बमोजिम भएको…
Read More
चैतबाट बैंकले निक्षेपको ब्याजदर थप घटाउने

चैतबाट बैंकले निक्षेपको ब्याजदर थप घटाउने

    काठमाडौं( आगामी चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो ।   नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षामार्फत संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले मात्र कम हुनुपर्ने व्यवस्था चैत एक गतेबाट लागू हुनेछ । जसका कारण व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप एक प्रतिशतसम्म घट्ने भएको हो ।   हाल संस्थागत निक्षेपकर्ता र व्यक्तिगत मुद्दती निक्षेपकर्ताबीच ब्याजदर अन्तर २ प्रतिशत छ । हाल बैंक तथा वित्तीय संथामा पर्याप्त…
Read More
ललितपुरको लालीगुराँस सहकारी समस्याग्रस्त घोषण

ललितपुरको लालीगुराँस सहकारी समस्याग्रस्त घोषण

ललितपुर- ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो मंगलवार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यो सहकारीले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को देहाय खण्ड क देखि च सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा २ बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समस्यग्रस्त घोषणा गरिएको यो…
Read More
लक्की मिडिया हाउसले चैते दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम गर्दै

लक्की मिडिया हाउसले चैते दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम गर्दै

चितवन- लक्की मिडिया हाउस चितवनले बागलुङमा चैते दसैँ मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनुभयो । चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिनुभयो । लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा संघरसंस्थासँग भेटघाट गरेर अन्तरक्रिया गर्न लागिएको कार्कीको भनाइ छ । भेटघाटका क्रममा बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण तथा परम्पराको निरन्तरता…
Read More
राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव

काठमाण्डौ – राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरे पनि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ ।
Read More
सरकारले मिटरब्याजविरुद्ध जाँचबुझ गर्न नयाँ आयोग गठन

सरकारले मिटरब्याजविरुद्ध जाँचबुझ गर्न नयाँ आयोग गठन

काठमाण्डौ – सरकारले मिटरब्याजविरुद्ध जाँचबुझ गर्न नयाँ आयोग गठन गर्ने भएको छ ।  सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग दुई दिन भएको वार्ता सहमतिमा टुङ्गिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिँडेर फागुन ९ गते काठमाण्डौ आइपुगेका मिटरब्याजपीडित निरन्तर आन्दोलनमा थिए । सरकारले मिटरब्याज विरुद्ध जाँचबुझ गर्न फेरि आयोग गठन गर्ने भएसँगै आन्दोलन पनि फिर्ता भएको छ । यससम्बन्धी जाँचबुझ गर्न गतवर्ष चैतमा मात्रै सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन…
Read More
तीन प्रदेश प्रमुखलाई पदमुक्त

तीन प्रदेश प्रमुखलाई पदमुक्त

काठमाडौं- सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। गण्डकीमा पृथ्वीमान गुरूङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन्। उनीहरुलाई कांग्रेस(माओवादी गठबन्धन सरकारले नियु्क्त गरेको थियो। सरकारले मधेश प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न पनि सिफारिस गरेको छ।
Read More
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको प्रतिस्पर्धा

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको प्रतिस्पर्धा

काठमाडौं- राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माको वीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि कार्यतालिका प्रकाशित भएको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको अध्यक्षका लागि फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएकी थिइन्। निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएपश्चात् कार्यतालिका प्रकाशित भएको हो। राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको मनोनयन सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म ल्होत्से हलमा तोकिएको छ। त्यसैगरी दिउँसो १स्३० बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन हुनेछ। निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते…
Read More
बन्द चितवन मिल्क एक महिनापछि पुनः सञ्चालनमा

बन्द चितवन मिल्क एक महिनापछि पुनः सञ्चालनमा

चितवन- एक महिनापअघि बन्द चितवन मिल्क उद्योग पुनः सञ्चालनमा आएको छ। प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो। किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योग सरसफाइ गरेर सञ्चालन गरिने भएको हो। २० हजार लिटर दूध आइसकेको छ। उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ। धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको हो। उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ। प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ। यसअघि नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.