आज मितिः २०८३ बैशाख ६ गते

आज र भोलि पनि भारी बर्षा

काठमाडौं-

 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा पानी परिरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

 

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।

आइतबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।

राति भने देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

 

सोमबार देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति  भने  देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.