आज मितिः २०८३ बैशाख ६ गते

भारतको मेघालयमा ४ नेपालीको विभत्स हत्या

Uddar News

काठमाडौं-

भारतको मेघालयमा ४ नेपालीको हत्या भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् । मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव फेला परेको समाचारमा उल्लेख छ ।

 

मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

 

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.